प्रसाईंका दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- दुर्गा प्रसाईं सञ्चालक रहेको दुई वटा अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजालसले बिएण्डसी मेडिकल टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको पक्षमा अन्तरिम आदेश जारी भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
अस्पतालकी अपरेसन डाइरेक्टर अञ्जली कार्कीले बैंक खाता फुकुवा गर्न माग गर्दै आइतबार रिट दायर गरेकी थिइन्। उनले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सहित १४ जनालाई विपक्षी बनाएर दुइटा रिट दायर गरेकी थिइन्।

लामिछानेलाई थुनामै राख्ने आदेश

न्यायाधीश नियुक्त स्वागत नगर्ने बारको अडान

उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्त

प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

बाँकेमा सम्बन्ध बिच्छेद गर्नेहरू बढ्दै

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

प्रतिक्रिया