आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

पौडेललाई केक खुवाएर बैठकको सुरुवात

काठमाडौं : सत्तारुढ दल नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन नेकपा सचिवालय बैठक सुरु हुनु अघि मनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले महासचिव पौडेललाई सचिवालय बैठक सुरु हुनु अघि बैठकस्थलमै केक खुवाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

थापाले पौडेललाई जन्मदिनको शुभकामना दिएपछि सचिवालय बैठक सुरु भएको फेसबुकमा लेखेका छन् । सचिवालय बैठक जारी छ । बैठकमा अध्यक्षद्वयका राजनीतिक प्रतिवेदनबारे छलफल चलिरहेको छ ।