नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

मध्यविन्दु (नवलपरासी)- नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२० मेट्रिकटन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको छ ।
जिल्लामा यस आर्थिक वर्षमा तीन हजार २१६ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताए । गत वर्षको तुलनामा यस वर्ष खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको उनले बताए ।
“गत आर्थिक वर्ष तीन हजार २०५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदा ५८ हजार ४१३ मेट्रिकटन उत्पादन भएको थियो”, उनले भने, “गत आवको तुलनामा यस वर्ष ११ हेक्टर क्षेत्रफल बढेको छ भने ७०७ मेट्रिकटन आलु धेरै उत्पादन भएको छ ।”
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा विगत चार वर्षदेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो चार वर्षमा जिल्लामा आलु खेती १०१ हेक्टर क्षेत्रफल बढेको छ । क्षेत्रफल बढेसँगै आलुको उत्पादन पनि वृद्धि भएको प्रमुख तिवारीले बताए ।
“जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा तीन हजार ११५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको तथ्याङ्क रहेको छ भने त्यो क्षेत्रफल चालु आव २०८१/८२ सम्म १०१ हेक्टरले बढेर तीन हजार २१६ हेक्टरमा विस्तार भएको छ”, उनले भने, “उत्पादन पनि आव २०७८/७९ मा ५० हजार १५२ मेट्रिकटन भएकोमा त्यसमा आठ हजार ९६८ मेट्रिकटनले वृद्धि भएर ५९ हजार १२० मेट्रिकटन वार्षिक उत्पादन हुन थालेको छ ।”
जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलु खेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको कृषि ज्ञान केन्द्रका कृषि बाली विज्ञ सञ्जय ढकालले बताए ।
“आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ,” उनले भने, “सरकारी तहबाट लगानी वृद्धि हुँदा कृषक आलु खेतीतर्फ आकर्षित भएका छन् ।”
कृषि ज्ञान केन्द्रले चालु आवमा समुदायस्तमा प्रशोधनयोग्य र खायन आलु प्रवर्द्धनको लागि कुल एक करोड ८५ लाख रकम विनियोजित गरेको थियो । आलुको बीउको लागि कृषि ज्ञान केन्द्रले ३१ वटा समूह एवं सहकारीलाई ६५ प्रतिशत अनुदानमा करिब ८० लाख बराबरको अनुदान प्रदान गरेको कृषि बाली विज्ञ ढकालले जनकारी दिए ।
जिल्लाको मध्यविन्दु र कावासोती नगरपालिका एवं हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँलगायतका सहरमा जाने गरेको छ ।

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

गोली हानेर शिक्षकको हत्या गर्ने एक जना पक्राउ

मनसुनको अवस्था कमजोर, यी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना

पेस्तोल, म्यग्जिन र ७ राउण्ड गोलीसहित एकजना पक्राउ
%2520(1)%2520(1)_43hX6vLjXt_uw4poyyayootda4tqgtkavfriu11elep23wwrgu2vfjshlw1mfajl7ovmdda_oZZtv9jR0W_td4mr1fflj9r5qwibhdcuxvfaiosvp5ia2vr8wdhg7ynztzrrot5k2zsjl5c.jpg)
सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना

आजको मौसमः पाँच प्रदेशको पहाडी भु-भागमा भारी वर्षा हुने

मममा औँठी भेटिएपछि काठमाडौँ महानगरले गरायो धरहरा टपरी ममलाई २ लाख जरिवाना

प्रतिक्रिया