शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहट- रौतहटको उत्तरिभेग ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाइकल सहित दुई जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष १९ को जयराम साह कलवार रहेको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।

गत बुधबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक नजिक पश्चिम किनारमा दुई जना पुरूष व्यक्तिको निलो रंगको अपाचे मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो।

उनीहरूसँग मोटरसाइकल नम्वर BR30A8033 र ईन्जिन नम्बर MD634AE8XM2B14650,च्यासिस नम्बर AE8BM2114289 भएको TVS कम्पनीको १६० CC को मोटरसाइकलको सवारी दर्ता,भन्सारका कागजातहरू माग गर्दा नभएको बताएका थिए।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त मोटरसाइकल चोरी गरि ल्याएको पुष्टि भएकाले उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दायर गरी म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ