गच्छदारको मुद्दामा बहस सुरु

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री विजय गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा थुनामा पठाउने कि धरौटी विषयमा विशेष अदालतमा बहस सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा लगाएको थियो । गच्छदार सत्तारुढ नेपाली कांग्रेसका उपसभापति हुन् ।
आयोगले बिगो बमोजिम असूल र सम्पत्ति जफ्तको माग राखी मुद्दा चलाएको हो । उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदारले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगी भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आयोगले अभियोग लगाएको छ ।
उक्त मुद्दाको थुनछेक आदेश सम्बन्धमा विशेष अदालतमा कानुन व्यवसायीहरु महादेव यादव, हरिहर दाहाल, कृष्ण सापकोटा र ललित बस्नेतले बहस गरिरहेका छन् । कानुन व्यवसायीहरुले गच्छदारलाई थुनामा राखी कारबाही चलाउनु नहुने माग राखेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया