हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

काठमाडौँ- आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि सहजै जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा एक विकेट मात्र गुमाएर भेट्टायो ।
नेपालका लागि ओपनर साहिल पटेल ४२ रन बनाए । त्यस्तै नरेन भट्ट ३९ रन जोडे भने निरज यादवले २३ रन बनाए ।
त्यसैगरी हङकङका शिव माथुरले सबैभन्दा बढी ६३ रन बनाए । त्यस्तै आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।
नेपालका युवराज खत्रीले १० ओभरमा ४ विकेट लिए भने विपिनप्रसाद शर्माले ३ विकेट लिए ।
त्यस्तै सन्तोष यादव २ विकेट लिए । अशोक धामीले एक विकेट लिएका छन् ।
नेपालको यो लगातार तेस्रो जित हो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_A0kmdpMCjk_hnancsiebepqaqnw3no1vsf1fvmn4x9bb45ee4qlfrzoygi55btfwpop5yjc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया