प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

काठमाडौँ- तेश्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आगामी बैशाख २१ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ ।
नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेश्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि २८ गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लव र दशरथ रंगशालाको टेनिस कोर्टमा आयोजना हुने जनाएको हो ।
प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी चार प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा सातवटा र दुई अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ ।
खुलातर्फको बिजेताले रु ६० हजार, उपबिजेताले ३० हजार र तेश्रो हुनेले १६ हजार रुपैया प्राप्त गर्ने सेनाले जनाएको छ । त्यस्तै भेट्रान र अन्तर सरकारीविद्याका बिजेताले नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गर्ने बताइएको छ । सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले राष्ट्रिय खेलकुद क्षेत्रको बिकासमा केन्द्रीत रहेर प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
तहगत रुपमा नै प्रभावकारी योजनासहित खेलाडीहरुको दक्षता, शिप र क्षमता अभिवृद्धि गरि उत्कृष्ठ खेलाडी उत्पादन गर्ने दृष्टिकोणका साथ नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुने सेनाले जनाएको छ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया