मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

जनताले महसुस गर्ने गरि काम गरौं,प्रचारबाजीका लागि होइन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्नुपर्ने बताएका छन् । बिहीबार अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सव समारोहलाई बिहिबार सम्बोधन गर्दै उनले प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।

‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं ,त्यो गर्यौं भन्ने होइन कि जनताले महशुस गर्नेगरी नै  काम गरेर देखाउने समय आइसकेको छ। त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौं । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ’ उनले भने ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले बाग्मती नदि किनारमा रहेका मन्दिरहरुको पुननिर्माण र जिर्णोद्वार गरिएको पनि उनले बताए । धेरै सम्पदाहरु रहेको बाग्मती नदि किनारमा हेरिटेज वाकको चर्चा भएपनि काम प्रभावकारी हुन नसकप्रति भने् उपप्रधानमन्त्री सिंहले असन्तुष्टि व्यक्त गरे ।

‘हेरिटेज वाकलाई कार्यान्वयन गर्नका लागि कहाँ कहाँ कमजोरी भएका छन्, काम भइरहेको तर सदुपयोग हुन सकेको छैन । हेरिटेज वाक शिर्षकमा पढ्छौं तर आम नेपाली जनतालाई अत्तोपत्तो छैन ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कुनै पनि काम गर्दा स्थानीयहरु, स्थानीय पालिका,वडालाई पनि साथैमा लिएर, उहाँहरुलाई चित्त बुझाएर हामीले काम गर्दा राम्रो हुन्छ भन्ने पाठ सिक्नुपर्छ ।’

हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्ने र वर्षाको समयमा देखिएको बाढीको नियन्त्रण गर्ने, नदि सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा पनि सिंहले जोड दिए । 

त्यस्तै उहाँले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि बताए । काठमाडौं उपत्यकाका नदिहरु फोहोर हुँदा दुर्गन्ध फैलिएको भन्दै उनले अब
‘आउने बजेटमा बागमती, विष्णुमतीलगायतका सबै नदीमा दुर्गन्ध हटाउन र स्वच्छ बनाउन आवश्यक योजना बनाएर अघि बढ्ने पनि बताए ।

उनले भने,‘हामीले गर्ने भनेको नदीहरुलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउन हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन्। नदीहरुको करिडोर बनाउने जुन काम छ । त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ । ’