पाकिस्तानमा भेटियो ५ अर्ब ९ करोड टन सुन र तामाको विशाल भण्डार

बलुचिस्तान- पाकिस्तानको नेशनल रिसोर्सेस लिमिटेडले बलुचिस्तानको चगाई जिल्लामा सुन र तामाको ठूलो भण्डार फेला परेको पुष्टि गरेको छ।
पछिल्ला १८ महिनामा कम्पनीले ५०० वर्ग किलोमिटर क्षेत्रको अन्वेषण गरेको थियो, जसमा १६ सम्भावित खानी स्थल पहिचान गरिएको जनाएको हो ।
यो क्षेत्र रेकोडिक, सनकजस्ता खानीका लागि पनि प्रसिद्ध छ । तर, अहिले नयाँ विष्कारले विश्वव्यापी लगानीकर्तालाई आकर्षित गरेको छ । यसले यस क्षेत्रको आर्थिक अवस्था बलियो बनाउन मद्दत गर्ने जनाइएको छ ।
रेको डिक माइन संसारको सबैभन्दा ठूलो परियोजनाहरू मध्ये एक हो। यो परियोजना बलुचिस्तानको चगाईमा सुरु भएको हो। नयाँ खोज अनुसार कम्पनीले थप ५ अर्ब ९ करोड टन फेला पारेको छ । यसको अनुमानित मूल्य ५०० बिलियन देखि १ ट्रिलियन अनुमान गरिएको छ। यसमा यति धेरै सुन र तामा भरिएको छ कि यसलाई ५० वर्षसम्म निकाल्न सकिन्छ।
नेशनल रिसोर्सेस लिमिटेड (एनआरएल) को प्रतिवेदन अनुसार खानीबाट वर्षेनी १५ हजार ८ सय टन तामा, १ दशमलव ४७ टन सुन र २ दशमलव ७६ टन चाँदी निकाल्न सकिन्छ । यसको मूल्य ५० देखि १०० बिलियन सम्म हुन सक्छ।
बलुचिस्तान खनिजमा धनी भएतापनि यो प्रान्त अझै पनि पाकिस्तानको गरिब र पृथक भागहरूमा गनिन्छ। यसका धेरै कारणहरू छन् । अन्य प्रदेशले खनिज सम्पदाको फाइदा उठाउने गरेको स्थानीयको आरोप छ । बलुच राष्ट्रवाद र पृथकतावादी आन्दोलनहरूले मानिसहरूलाई विकास खनिजहरू प्रयोग गर्न निषेध गरेका छन् भने स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता सुविधा नगण्य रहेका छन् ।

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_neisJkh3Yf_yeurngofq669uengrhmqbrwpi36xvzhfdqig8zypymlghpt9hjy3ndugb2ag.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

ट्रम्पविरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

प्रतिक्रिया