गुजरातको चौथो जित, राजस्थान रोयल्स ५८ रनले पराजित

काठमाडौँ- गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ ।
यो जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडन सफल भएको छ भने राजस्थान सातौं स्थानमा झरेको छ ।
गुजरातको यो चौथो जित हो भने राजस्थानको ५ खेलमा तेस्रो हार हो । गुजरातको जितमा ओपनर साई सुदर्शनको महत्वपूर्ण योगदान रहन गयो । साई सुदर्शनले उत्कृष्ट अर्धशतक बनाए भने यस आईपीएलमा साईको यो तेस्रो अर्धशतक हो ।
गुजरात टाइटन्सले दिएको २१८ रनको लक्ष्य पछ्याउन आएको राजस्थान रोयल्स ४ बल बाँकी रहँदा १५९ रनमा अलपत्र परेको थियो । राजस्थानका लागि शिमरोन हेटमायरले ५२ रन बनाए भने कप्तान सञ्जु सामसनले ४१ रनको इनिङ खेलेका थिए । र, रियान पराग २६ रन बनाएर आउट भए ।
राजस्थानका ३ ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सकेका छन् । गुजरातका लागि तेज बलर प्रसिद कृष्णले सर्वाधिक ३ विकेट लिए भने राशिद खान र आर साई किशोरले २–२ विकेट लिएका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया