राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल

इटहरी (सुनसरी)- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राजा फर्काउने कुरा केवल दिवा सपना मात्र भएको बताए ।
अध्यक्ष नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताए । देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उनको आरोप थियो ।
अध्यक्ष नेपालले भन्नुभयो, “कुनै पनि वादीको नाममा भएको आन्दोलनले मच्चाएको अराजकताले आम जनमानसमा त्रास सिर्जना गरेको छ ।”
नेपाली समाजवादको स्थापना गर्न मदन भण्डारीको योगदान उल्लेख्य रहेको उल्लेख गर्दै उहाँले सहिदको योगदानलाई सम्झिन आग्रह गरे । “उद्देश्य सही छ भने अगाडि बढ्ने बाटो पनि सही हुनुपर्छ”, अध्यक्ष नेपालले भने ।

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

प्रतिक्रिया