एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

चितवन- नेपालमा सेरेस र नामी ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले माघ २१ गतेदेखि २३ गतेसम्म चितवनको भरतपुरस्थित सीएमटी रिसोर्टमा भव्य एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प आयोजना गर्ने भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रमले विद्युतीय सवारीसाधनप्रतिको चासो बढाउँदै ग्राहकहरूलाई सेरेस र नामी ईभीहरूसँग प्रत्यक्ष परिचित हुने अवसर प्रदान गर्नेछ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले विद्युतीय गतिशीलतामा भएका नवीनतम प्रविधि र विशेषताहरूको अनुभव लिन सक्नेछन्।
कार्यक्रमको विशेष आकर्षणका रूपमा, यस अवधिमा सेरेस वा नामी ईभी खरिद गर्ने ग्राहकहरूलाई नि:शुल्क ७ किलोवाट क्षमताको चार्जर प्रदान गरिनेछ। साथै, पुराना गाडी साटफेर गर्ने ग्राहकहरूका लागि उत्कृष्ट विनिमय मूल्य र आकर्षक बोनसहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
प्रत्येक टेस्ट ड्राइभ र सवारी मूल्याङ्कनमा सहभागी हुनेहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ, जसले ग्राहकहरूको अनुभव अझ रोमाञ्चक र अविस्मरणीय बनाउनेछ। थप रूपमा, कार्यक्रममा अन-द-स्पट फाइनान्सिङ सुविधा पनि उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई सजिलो किस्तामा नयाँ ईभी खरिद गर्न सहयोग पुर्याउनेछ।
सहभागीहरूले खानाका स्टलहरूबाट स्वादिष्ट परिकारहरूको मजा लिँदै, वातावरणमैत्री र आधुनिक सुविधायुक्त सवारी साधनहरूको परीक्षण गर्न सक्नेछन्।

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

प्रतिक्रिया