राष्ट्रिय स्वतन्त्र पार्टीले भन्योः राजावादीका आन्दोलनमा पक्राउ परेकाहरु हाम्रो कार्यकता होइनन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीहरूको आन्दोलनमा पक्राउ परिएका व्यक्तिहरू आफ्नो कार्यकर्ता नभएको दाबी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै खोटाङ काङ्ग्रेसका पूर्व नेता रहेका डा. राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरु करिब ३ महिना अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा पार्टीले स्पष्ट पारेको छ ।
उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकाले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको पार्टीले बताएको छ ।
कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया