लोरेन्सको नाम लिएर फिरौती रकम माग्ने पक्राउ

बाँके- सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गर्ने पक्राउ परेका छन् ।
सो अभियोगमा कोहलपुर नगरपालिका–५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका(७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
रामबहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'

निर्माण व्यवसायीको लापरबाही: नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्ग

चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

यस्तो हुनेछ आज दिनभरको मौसम

कोरोनावाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

प्रतिक्रिया