आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

काठमाडौँ- बलरको उत्कृष्ट प्रदर्शनका आधारमा मुम्बई इन्डियन्सले १८ औं सिजनमा पहिलो जित दर्ता गरेको छ ।
सोमबार वानखेडे रंगशालामा भएको खेलमा टोलीले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको केकेआर ११६ रनमा सिमित भएको थियो । मुम्बईले १३ औं ओभरमा नै आफ्नो लक्ष्य पुरा गर्न सफल भएको थियो ।
मुम्बईबाट आईपीएल डेब्यू गरेका तीब्र बलर अश्विनी कुमारले ४ विकेट लिएका थिए भने दिपक चाहरले २ विकेट लिए । ब्याटिङमा रायन रिकेल्टनले ५० रन बनाए भने विल ज्याकले ३० रन बनाएका थिए । कोलकाताका अङ्क्रिश रघुवंशीले २६ रन बनाएका छन् । टोलीका आन्द्रे रसेलले दुवै विकेट लिन सफल भए ।
टस जितेर पहिले बलिङ गरेको मुम्बईले ७ बलमा २ विकेट लिएको थियो । अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशी सेटमा छन्। चौथो ओभरको पहिलो बलमा अश्वनी कुमारले रहाणेलाई प्याभिलियन पठाए । त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको ठूलो विकेट लिन सफल भए । उनको प्रदर्शनले केकेआरका ब्याट्सम्यान ब्याकफुटमा परेको थियो ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया