राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने : तपाईंहरू मादल बजाएर आएको हो?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्।
उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए।
उनले नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए।
उनले राजा हटेपछि नारायणहिटीमा कसले व्यापार सुरू गर्यो? जगजाहेर रहेको भन्दै प्रश्न गरे।
उनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो? भन्दै प्रश्न गरे। उनीहरूले हत्या-हिंसा गरेको कतै नछिपेको बताए।
उनले चैत १५ गते छतमाथि बसेर गोली र म्याद सकिएको अश्रुग्यास हानिएको बताए। उनले यो घटनामा राज्य जिम्मेवार रहेको भन्दै विश्व समुदाय र मानव अधिकार जमातको ध्यानाकर्षण गराए। उनले न्यायिक छानबिनको माग गरे।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया