पाथिभरामा तत्कालका लागि केवलकार निर्माण स्थगित

काठमाडौं– ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश शारंगा सुवेदी आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भएको हो।
यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो । केबलकार निर्माण कार्य रोक्नअन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरु यथास्थितिमा राख्न आदेश भनिएको हो ।
अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमाछलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ ।

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

दिपक मनाङेको सांसद पद खारेज

उच्च अदालतले भन्योः पाण्डेलाई काम गर्न दिनू

प्रतिक्रिया