दुर्घटनामा चालक सापकोटाको मृत्यु

मनहरी (मकवानपुर)- मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१च ३०१२ नम्बरको जीप एकापसमा ठोक्किँदा जीपका चालक ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भएका चालक कोइरालाको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया