आज समाजवादी मोर्चा र राजावादीको प्रदर्शन, ३५ सय प्रहरी परिचालन

काठमाडौँ- काठमाडौँमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् ।
नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।
सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौँमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि विभिन्न ठाउँबाट प्रदर्शन गर्ने जनाइसकेको छ ।
राजावादीहरूले तीनकुनेमा प्रर्दशर्न गर्ने र समाजवादी मोर्चाले भने भृकुटीमण्डपलाई केन्द्र बनाएका छन् ।
जसका कारण प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले योजना बनाएको जनाइएको छ भने सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् ।
साथै, प्रदर्शन स्थलमा भने एसपी अपिल बोहराले खटाउने गरी सुरक्षा ब्यवस्था गरिएको छ ।

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री …

सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिन्छ : प्रधानमन्त्री ओली

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

प्रतिक्रिया