मोजाम्बिकमा सडक दुर्घटनामा २२ जनाको मृत्यु

मापुटो- अफ्रिकी देश मोजाम्बिकको मध्य प्रान्त मनिकाको गोन्डोला जिल्लाको काइफुम्पे क्षेत्रमा दिउँसो भएको सडक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मगलबार जनाएको छ ।
यात्रुवाहक कार र लामो दुरीको ट्रक दुर्घटना भएको हो । दुवै गाडी विपरीत दिशामा गुडेका थिए । दुर्घटनामा उन्नाइस जनाको घटनास्थलमा मृत्यु भयो । साथै, एक जना पीडितको केही घण्टापछि चिमोयो प्रान्तीय अस्पताल (एचपीसी) मा मृत्यु भएको हो । हाल मृत्युको सङ्ख्या २० पुगेको छ ।
एचपीसीका क्लिनिकल निर्देशक जुभेनल चिटोभेलेले मङ्गलबार मोजाम्बिकको राज्य समाचार एजेन्सी एआईएमलाई बताएअनुसार गम्भीर अवस्थामा रहेका अन्य दुई पीडितको सघन उपचार कक्षमा राति मृत्यु भएको छ ।
मनिका प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण अत्यधिक गति र आधारभूत ट्राफिक नियमहरूको बेवास्ता थियो । (सिन्ह्वा)

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया