पोखरामा अन्तरराष्ट्रिय नाटक महोत्सव

गण्डकी- पर्यटकीय राजधानी पोखरामा शनिबारदेखि ‘पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुने महोत्सव चार दिनसम्म सञ्चालन हुने महोत्सवका निर्देशक माधव कार्की (परिवर्तन) ले पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।
उहाँले पोखरालाई अन्तरराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले नाटक महोत्वस आयोजना गर्न लागिएको बताउनुभयो । पोखरा थिएटरमा हुने महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापानलगायत देशका नाटकहरू मञ्चन हुने जनाइएको छ ।
“महोत्सवमा विभिन्न विधाका छ नाटक प्रस्तुत हुनेछन्, पोखरालाई सांस्कृतिक पर्यटनका हिसाबले पनि चिनाउन यो महोत्सवले सघाउ पु¥याउनेछ”, निर्देशक परिवर्तनले भन्नुभयो, “मौलिक लोकधुनको प्रस्तुति, प्रदर्शनी, नाटक कार्यशालालगायतका कार्यक्रमलाई पनि महोत्सवमा समेटिएको छ ।”
नाटक हेर्न आउने दर्शकलाई टिकटको प्रबन्ध गरिएको छ । महोत्सवमा कलाकार, रङ्गकर्मी, पर्यटन व्यवसायी र संस्कृतिप्रेमीहरूबीच नेपाली नाटक परम्पराबारे अन्तरक्रिया हुने आयोजकले जनाएको छ । महोत्सव आयोजना गर्न रू ३० लाख खर्च लाग्ने अनुमान गरिएको पोखरा थिएटरले जनाएको छ । पोखरा महानगरपालिका महोत्सव प्रवर्द्धकका रूपमा रहेको छ । यसअघि विसं २०७५ मा पहिलोपटक पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव गरिएको थियो ।
महोत्सवको पहिलो दिन शनिबार पोखरा थिएटरको प्रस्तुतिमा उद्घाटन नाटकस्वरूप मुनामदन नाटक मञ्चन गरिने निर्देशक परिवर्तनले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न देशका कलाकार तथा नाट्यकर्मीहरूको सहभागिता रहने जनाइएको छ । ---

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

पशुपति शर्माले ल्याए व्यंगात्मक गीत 'भ्रष्ट्रलाई देउता मान्ने नै तैँ'

प्रतिक्रिया