रौतहटमा एसइई परीक्षामा सहभागीबाट ४२४ मोबाइल बरामद, चिट पुर्याउने पक्राउ

रौतहट - माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाएपछि पहिलो दिनमै ठूलो संख्यामा मोबाइल बरामद भएको छ ।
रौतहटका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्ने प्रयास गरेपछि कडा सुरक्षा चेकजाँचको क्रममा ४२४ वटा मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिइएको हो । विगतका वर्षहरूमा मेसेन्जर, ह्वाट्सएप, भाइबरलगायतका ग्रुपहरू प्रयोग गरी चिट आदानप्रदान गर्ने प्रवृत्ति मौलाएको देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ ।
प्रविधिको दुरुपयोग रोक्न सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रहरूमा परिचालन गरिएको हो । यद्यपि, परीक्षार्थीहरूले मोबाइल लुकाएर परीक्षा हलमा लैजाने प्रयास गरेपछि विशेष चेकजाँच गरिएको थियो, जसअन्तर्गत ४२४ मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
परीक्षा सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासनले विशेष निगरानी राखे पनि यमुनामाई गाउँपालिका-५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षा केन्द्रमा एक परीक्षा निरीक्षक नै परीक्षार्थीहरूबाट रकम लिएर मोबाइल भित्र प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।
यसैगरी, मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन ।

पोखरामा नेसनल प्याब्सन कास्की जिल्ला तदर्थ समिति गठन, रोशन कोइराला अध्यक्षमा चयन

काठमाडौँमा दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

काठमाडौँ जिल्ला प्यापब्सनद्वारा २०८१ का उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

प्रतिक्रिया