एपीएफमाथि पुलिस २ विकेटले विजयी, ललितले लिए ६ विकेट

काठमाडौँ- जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २ विकेटले पराजित गरेको हो ।
एपीएफले दिएको केवल ९५ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले २६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
पुलिस क्लबका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाएका थिए भने एपीएफका बलर भुवन कार्कीले ३ तथा अभिषेक गौतम र रोहित पौडेलले २-२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको एपीएफले २७.४ ओभरमा अलआउट हुदै केवल ९४ रन बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्बाधिक २६ रन बनाएका थिए भने लोकेश बमले २२ रन बनाएका थिए ।
त्यस्तै पुलिस क्लबका बलर ललित राजवंशीले ६ विकेट लिएका थिए । ललितले ७.४ ओभरमा ३ मेडनसहित १८ रन दिएर ६ विकेट लिएका थिए । यो जितसँगै पुलिस क्लबले लगातार तेस्रो जित हासिल गर्दै ३ खेलमा ६ अंक बनाएको छ भने एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया