पीएम कप: मधेश प्रदेशमाथि एपीएफको २ विकेटको रोमाञ्चक जित

काठमाडौं - जारी पीएम कपमा एपीएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको केअब्ल १६९ रनको लक्ष्य पछाएको एपीएफले ३६.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
एपीएफको जितमा सुमित महर्जनले सर्बाधिक ३५ रन बनाएका थिए भने आसिफ सेखले ३४, कमल सिंह ऐरीले अविजित २८, लोकेश बमले १८ र अमर राउटेलाले १६ रन बनाएका थिए । त्यस्तै मधेशका बलर कमला गुप्ताले ४ विकेट लिएका थिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ४०.४ ओभरमा अल आउट हुदै १६८ रन मात्र बनाएको थियो ।
मधेशका लागि पवन सराफले ७७ रन बनाएका थिए । पवनले प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाएका थिए । उनले यसअघि कोशी प्रदेशविरुद्ध ९२ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर कमल सिंह ऐरीले ४ विकेट लिएका थिए भने कप्तान रोहित पौडेल र भुवन कार्कीले २-२ विकेट लिएका थिए ।
यो जितपछि एपीएफको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ भने मधेश प्रदेशको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया