आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

व्यवस्थापन कार्य अन्तर्गत आज उद्योगमन्त्री दामोदर भण्डारीले निकासी पैठारी(नियमन) विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।