सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

काठमाडौँ - सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ ।
संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मूल्य बढ्ने भएको हो । मंगलबार भएको वार्तापछि ग्यासमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको छ । यो सँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । हाल ग्यासको मूल्य १९ सय १० रहेको छ ।
उद्योगीहरूले नाफा बढाउनु पर्ने माग राख्दै गत माघ ३० गतेदेखि आन्दोलन घोषणा गरेका थिए । तर, सरकारसँग छलफल भएपछि १५ दिनका लागि आन्दोलन स्थगित गरिएको थियो । अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ ।
खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । तर पनि ग्यास उद्योगीहरूले बारम्बार आन्दोलन घोषणा गर्दै आएका छन् । यस अघि सोमबार भएको छलफलमा ठोस निर्णय हुन सकेको थिएन ।

३१औं कार्गो दिवस सम्पन्नः लजिस्टिक सशक्तीकरणमा बहस, नीति सुधार र बीबीआईएन कने…

बिकाजी फुड्स र चौधरी ग्रुपबीच संयुक्त लगानीमा सम्झौता

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

प्रतिक्रिया