सञ्चार मन्त्रालयले गठन गर्यो विज्ञापन बोर्ड

काठमाडौँ : सरकारले विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको हो । मन्त्रालयले ५ सदस्य नियुक्त गरेको छ ।
सदस्यहरूमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । उनीहरूको कार्यकाल चार वर्ष हुनेछ ।
सदस्यमा नियुक्तहरूलाई सोमबार सञ्चारमन्त्री पार्वत गुरुङले नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए । बोर्ड अध्यक्ष खुलाबाट प्रतिषपर्धाबाट ल्याउनु पर्ने कानुनी व्यवस्था छ । बोर्डमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चार मन्त्रालयका सहसचिव सदस्य रहने व्यवस्था छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया