एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् ।
मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी हुने छन् ।
प्रतियोगितामा मानमति विष्ट (कप्तान) जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्रीले भाग लिदै छन् भने अफिसियलमा अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ रहेका छन् ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया