दोगडाकेदार घटना : घाइतेको मृत्यु, गोली प्रहार गर्ने फरार

बैतडी- गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए ।
शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताए । गोली प्रहार गर्ने कर्णबहादुर फरार छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया