प्रोटन इमास सेभेनको पान नेपाल भ्रमण सुरु

काठमाडौं - विद्युतीय कार (ईभी) प्रोटन इमास सेभेनले बुधबार काठमाडौंबाट आफ्नो इमास सेभेन पान नेपाल भ्रमण सुरु गर्दैछ ।
यो भ्रमण मलेसियाली इमास सेभेन भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्ने जनाइएको छ ।
भ्रमणले इमास सेभेनको नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन नगरी दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ ।
प्रोटन इमास सेभेनको भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारीसाधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री यो भ्रमणले ग्राहकहरूसँगको सम्बन्ध बलियो बनाउने बताए ।
प्रोटोन इमास सेभेनको टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इमास सेभेन दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ ।
प्रोटन इमास सेभेन मलेसियामा गत डिसेम्बरमा लन्च भएकाे थियाे ।
प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि इमास सेभेन इभी लन्च गर्ने तयारी गरेको छ ।
इमास सेभेन प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रहेका छन् ।
इमास सेभेनले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको कम्पनीले जनाएकाे छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।
शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौं ल्याउने र मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

प्रतिक्रिया