मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

बजाज एन २५० को लन्चसँगै स्पिड फेस्ट २०२५ सम्पन्न

काठमाडौँ –  बाइकउत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा सम्पन्न भएको छ।

मोटरसाइकल प्रेमीको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्‍याली, टेस्ट राइड सेसन, नेपालकाचर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्स को प्रत्यक्ष सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम समावेश थिए।

उक्त फेस्टिबलमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो। यस वर्षको स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनीद्वारा वितरीत बजाज, केटिएम डुक र ट्रायम्फ ब्रान्डका मोटरसाइकल सहभागी थिए।

बजाज एन २५०ःशक्ति, प्रदर्शन र नवीनताको प्रतीक

बजाज एन २५० को भव्यलन्चस्पीड फेस्ट २०२५ को प्रमुखआकर्षण बन्न सफलरहेको थियो। यो मोटरसाइकलमापावर, आधुनिकप्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ।

बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ। यसमा डुअल च्यानलएबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ।

बजाज एन २५० को लन्चले बाइकप्रेमीलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकलअनुभव गर्ने अवसर पनिप्रदानगरेको थियो।
स्पीड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवद्र्धन गर्न सफलभएको आयोजकहरूले बताएका छन्।

हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपालीबाइकप्रेमीहरूकालागिनवीनतमप्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?