नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

कैलाली - धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएका छन् । जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उनले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहेका हुन् ।
धनगढी–८ बुद्धचोक बसोबास गर्दै आउनुभएका विश्वकर्माले काठमाडौंको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी कामको अनुभव लिएका थिए । अनुभवपछि उनले गाउँ फर्किएर नर्सरी व्यवसाय सुरु गरेका हुन् ।
विश्वकर्माले वार्षिक रु एक लाख ५० हजार तिर्नेगरी चार कट्टा जमिन भाडामा लिई व्यवसाय गर्दै आएका छन् । विगत १३ वर्षदेखि नर्सरी व्यवसायसम्बन्धी कामको अनुभव लिएकामा पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा रु ५० लाख लगानी व्यवसाय सञ्चालन गरेको उनले बताए ।
मासिक रु ४० हजार बचत हुँदै आएको विश्वकर्माले जानकारी दिनुभयो । छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उहाँले बताउनुभयो । तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक रु ३६ हजार खर्च लाग्ने उल्लेख गरे ।
“अन्य भन्दा यो व्यवसायमा जोखिम बढी पनि छ । कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न सङ्क्रमण देखा परी बिरुवा बिग्रने, कुहिने, रोग लाग्ने पनि गर्दछ, जसले गर्दा घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ”, उनले भने, “व्यवसायमा कहिले घाटा, कहिले नाफा हुन्छ । धैर्यताका साथ मेहनत गर्न छाड्नु हुँदैन । यही व्यवसायले सन्तुष्ट दिएको छ, अहिलेसम्म पैसाका लागि कसैसँग माग्नु परेको छैन ।”
नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातिका फलफूल, सो–प्यान्टसहित विभिन्न बिरुवा आयात गरेर बिक्री गर्दै आएको विश्वकर्माले जानकारी दिए । केही बिरुवा भने नर्सरीमा आफैं उत्पादन गरेर पनि बिक्री गर्ने गरेको उहाँको भनाइ छ । नर्सरीमा हाल विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा उपलब्ध छन् ।

लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश

महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

प्रतिक्रिया