आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एकैपटक ३९६ अस्पताल निर्माण सुरु गर्‍यो सरकारले

काठमाडौं : सरकारले मुलुकभर एकैपटक ३ सय ९६ आधारभूत अस्पताल निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ५, १० र १५ शैय्याका ३ सय ९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो ।

अस्पताल निर्माणका क्रममा सोमबार ललितपुरको गोदावरी नगरपालीका अन्तर्गत बज्रवाराहीमा १५ शैयाको अस्पताल निर्माणको शिल्यानाश गरिएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बज्रवाराही चापागाउँ अस्पतालको शिल्यानाश गरे । मन्त्री पौडेलले जनताको आधारभूत स्वास्थ्य अधिकार प्रत्याभूत गर्नका लागि देशभर नै अस्पताल निर्माण गर्न लागिएको बताए । 

सरकारको योजना अनुसार प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश ५ मा ५७, प्रदेश ६ मा ४२, र प्रदेश ७ मा ५४ रहनेछन् ।  यही आर्थिक वषभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन निर्माणको कुल बजेट ५८ अर्ब छ ।