कुटपिटबाट घाइते मियाँको मृत्यु

सप्तरी : वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा यहाँ शुक्रबार एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका-९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा आज मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो । सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आजै परीक्षण भएको छ ।
आरोपितको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए । रासस

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया