बीवाइडीले ९२०० गाडी बोक्न सक्ने संसारकै ठूलो 'कार क्यारियर' सार्वजनिक गर्यो

काठमाडौँ- चीनको नयाँ ऊर्जा गाडी निर्माण गर्ने अग्रणी कम्पनी बीवाइडीले ‘बीवाइडी सेनजेन’ सार्वजनिक गरेको छ । जुन संसारकै ठूलो रोल–अन-रोल-अफ कार क्यारियर हो।
यस जहाजले ९,२०० गाडी बोक्न सक्ने क्षमता राख्छ र यो बीवाइडी दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम हो।चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ।
यी प्रविधिले बीवाइडी सेनजन लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।
‘बीवाइडी सेनजेन’ ले बीवाइडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि बीवाइडी एक्सपोल्र नम्बर १, बीवाइडी हेफी र बीवाइडी छाङहौ जस्ता जहाजहरुले ७ सय देखि ९२ सय गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनइभी आपूर्ति गरेका थिए । बीवाइडीले सन् २०२६ सम्म आफ्नो ८ पुर्याउने योजना राखेको छ । जसले विश्वव्यापी मागको आपूर्ति पुरा गर्ने विश्वास लिएको छ ।“

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

प्रतिक्रिया