सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्ने

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने उल्लेख गर्दै जागरुक समाज निर्माणमा साहित्यकारहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा आयोजना गरेको साहित्यकार कैलाशकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा उनले साहित्यमा समाजका हरेक कुरा प्रतिविम्बित हुने बताए । मुख्यमन्त्री शाहले भने, “साहित्यको प्रवद्र्धन गर्न हामी सबै लाग्यौँ भने यो क्षेत्रलाई पनि सम्मानित रुपमा अगाडि बढाउन सकिन्छ । ”
प्राध्यापक तुलसी शर्माले प्रस्तुत कथा सङ्ग्रहमा अन्धविश्वास, जातीय विभेद, लैङ्गिक विभेद चित्रण गरिएको बताए । पुस्तकका लेखक पाण्डेयले कथाका माध्यमबाट जीवनका भोगाइ प्रस्तुत गर्ने जमर्को गरेको बताए ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया