आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

तस्करीका लत्ताकपडा बरामद

सिरहा : सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ त्रिशुल खोलास्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद  गरेको हो ।