काठमाडौंमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा

काठमाडौंको गौशाला पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा होटलको उद्घाटन गरे ।
बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो, जुन नेपालमा पहिलो पटक भित्रिएको छ । होटलको निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको हो । होटलका अध्यक्ष रामेश्वर अर्यालका अनुसार यो परियोजनाले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउने लक्ष्य राखेको छ ।
होटलमा सुइट र डिलक्स गरी ८७ कोठा छन् । स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्पा, र एकै पटक ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्यांक्वेट हलसहित होटललाई प्रिमियम सुविधासहित तयार पारिएको छ ।
होटलले १५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अर्यालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट नजिक रहेकोले होटलले छिट्टै बजारमा आफ्नो स्थान बनाउने विश्वास गरिएको छ ।
होटलले युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता देशका पर्यटकसँगै बढी खर्च गर्ने भारतीय पर्यटकलाई मुख्य लक्ष्य बनाएको छ । विशेषगरी पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष रणनीति बनाइएको छ ।
होटलको व्यवस्थापन अमेरिकाको बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोर्ट्स (बीडब्लू) ले सम्हालेको छ । बीडब्लूले हाल विश्वभर ४,७०० भन्दा बढी होटल सञ्चालन गर्दै आएको छ ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_54ZAsujOBD_0p8m9tv3uhxvcwacpazu4rwihxvqlhhw7buvvjyhsa8oa0k9dy9wmsppgunx.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया