रविको बयान सकियो, थुनछेक बहस आज नहुने

रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ। न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ। लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।
सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा यादवविरुद्ध मुद्दा

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

सर्वोच्च अदालतबाट ढकालको रिट खारेज

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

प्रतिक्रिया