सुनको भाउ तोलामा १९ सयले बढ्यो

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ ।
यता आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया