बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

पचास लाख धरौटी बुझाएर जोशी रिहा

फाइल फाेटाे

काठमाडौं - काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन । काठमाडौँ जिल्ला अदालतले उहाँलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर आजै रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् । उनीहरुविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।