शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा

काठमाडौं-टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफडी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बीटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।

यस अफरअन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जानकारी दिएको छ ।

यो विशेष अफर अन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ । उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको प्रष्ट हुन्छ । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने कम्पनीको भनाइ छ ।

ग्राहकहरूको सहजतालाई विशेष प्राथमिकतामा राख्दै, टीभीएसले चुनिएका सर्भिस स्टेसनहरू मार्फत ६० मिनेटभित्र स्पेयर पार्ट्स सुविधा काठमाडौं उपत्यकाका ग्राहकलाई प्रदान गर्ने व्यवस्था गरेको छ । ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ ।

यसले ब्रान्डलाई ग्राहक केन्द्रित र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा अग्रणी प्रमाणित गर्ने कम्पनीको विश्वास छ । टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?