अहिलेको सरकार असंवैधानिक ,अप्राकृतिक त अपारदर्शी र अलोकतान्त्रिक - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले प्रचण्डले वर्तमान सरकार असबैधानिक, अप्राकृतिक ,अपारदर्शी र अलोकतान्त्रीक रहेको बताएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा मंगलबारदेखि सुरु हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न आएका उनले पत्रकारहरुसँगको भेटघाटमा आफू अहिल्यै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी गरे ।
प्रचण्डले अहिलेको सरकारलाई निरीहको संज्ञा दिदै सरकार उल्टो दिशामा हिँडिरहेको दावि गर्दै अहिले आफूूहरु जनताको बीचमा रहेको र त्यहीँ रिल्याक्स मिलिरहेकाले सरकार गिराउने र बनाउने खेलमा पार्टी नलाग्ने समेत बताए । संविधानको एउटा धारा छाडेर अर्को प्रयोग गरी सरकार बनाइएकाले यो असंवैधानिक र अप्राकृतिक रहेको दाहालले तर्क गरे ।
यसैमा जोड दिँदै उनले दबाबमार्फत राष्ट्रपतिलाई निकै ठूलो धर्मसंकटमा पारेर यो सरकार बनाइएको उनले दाबी गरे । ‘राष्ट्रपति उपधारा ७६ को ३ अनुसारै सरकार बनाउन चाहानुु हुुन्थ्यो । तर उहाँलाई दबाव दिएर ठूलो धर्मसंकटमा पारियो,’ उनको कथन थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया