बोटलर्स नेपालको आज एजिएम, ५० प्रतिशत लाभांश प्रस्ताव पेश गर्दै

काठमाडौँ- बोटलर्स नेपाल (तराई) ले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
बोटलर्स नेपाल (बालाजु)को साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा साँझ ४ बजे सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया