बुटवल पावर कम्पनीले लाभांश वितरण गर्दै

काठमाडौँ- बुटवल पावर कम्पनी लिमिटेडले लाभांश वितरण गर्दैछ ।
आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
सभामा कम्पनीले थप सार्वजनिक निष्कासन अर्थात, एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
यता, कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया