माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
गत आइतबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि आज पनि जारी हुने भएको हो । बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा प्रत्येक केन्द्रीय सदस्यहरूलाइ बोल्न ३–३ मिनेटको समय निर्धारण गरिएको छ ।
प्रचण्डले युद्धकालमा र संविधान जारी अघि उठाएको ‘आत्मनिर्णयको अधिकार र जातीय पहिचानको मुद्दा’ ब्युत्याएर जानु पर्ने पुनः तर्क गरेका छन् ।
गत स्थानिय तहको उपनिर्वाचनबाट उत्साही भएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन एक्लै होमिने, सत्य निरूपण मेलमिलाप आयोगमा सत्तारूढ दल नेकपा एमालेले असहयोग गरेको, आफ्नो तेस्रो कार्याकालमा भ्रष्टचारबिरूद्ध र सुशासनको पक्षमा उभिँदा जनता र पार्टी कार्यकर्तामा उत्साह छाएको जस्तो बिषय समेटेर प्रतिबेदन पेश गरेका छन् ।
जसमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठकमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई पुनः पार्टीमा फर्काउने तयारीका बारेमा भने विरोध गरिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया