आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

यस्‍तो छ आजको राष्‍ट्रिय सभा सम्‍भावित कार्यसूची

काठमाडौँ : राष्‍ट्रिय सभाको आज बस्‍ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन' २०७६/०७७' सभा समक्ष पेश गर्ने कार्यसूची छ ।  संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले दुई वटा प्रतिवेदन पेश गर्नेछन् । नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्‍डयन प्राधिकरण विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।