गार्डिन माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौँ-गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ ।
कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।
अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिनेछ । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । यसले कम्पनी आफ्नो दायित्व पूरा गर्न मध्यम स्तरको जनाउँछ ।
न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले सूचनामार्फत जनाएको छ । इच्छुकले अनलाइन प्रणाली मेरोसेयरमार्फत आइतबार १० बजेपछि आवेदन दिन सक्नेछन् । पुस २४ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा छ । २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले स्पष्ट पारेको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया