प्रदेश सांसद तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रमा स्थानीयको अवरोध

जनकपुरधाम : प्रदेश २ प्रदेशसभा सदस्य रानीकुमारी तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रमा स्थानीयको अवरोधको सामना गर्नु परेको छ । महोत्तरी क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित तिवारीलाई मंगलबार साँझ स्थानीयले अवरोध गरेका हुन् । थरुवाही–चकवा सडक निर्माणका क्रममा विवाद भएपछि सांसद तिवारी जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र एकडारा गाउँपालिकाका अध्यक्ष रामछविलासहित त्यहाँ पुगेका थिए । सोही क्रममा स्थानीय युवाहरूले गाउँको अन्य सडकखण्डको अवस्था पनि अत्यन्त खराब रहेको र जनताले सास्ती भोग्नु परेको भन्दै गाडीमा आएका उनीहरूलाई रोकेका थिए । स्थानीयले उनीहरूलाई पैदल यात्रा गर्न दबाब दिएका हुन् ।
सोही क्रममा सांसद तिवारीसँगै रहेका सत्येन्द्र यादवले स्थानीय युवाहरूसँग विवाद गरेपछि सांसद तिवारीलाई लखेटिएको स्थानीयले बताएका छन्। ‘नेता भएपछि जनताका लागि विकास नगर्दा जनताले नेतालाई गाली गर्नसक्छ,' स्थानीय श्याम रायले भने, 'तर सो क्रममा उनका समर्थकले स्थानीयसँग झगडा गर्न खोजेपछि विवाद भएको हो ।'
सडक निर्माणका लागि दुई वर्षदेखि बजेट निकासा गर्दै आएको भए पनि काम नगरी महिनौँदेखि बाटोमा माटो थन्काएर राख्दा वर्षातले पुरै गाउँ नै हिलामय बनेको कारण आवत जावतमा समस्या भइरहेको गुनासो राख्दा उनका समर्थकले उल्टै विवाद गर्न खोजेपछि आफूहरूले लखेटको उनले बताए ।
यता, सत्येन्द्र यादवले भने स्थानीय युवाहरूले सांसद तिवारीसँग विवादको क्रममा धकेलाधकेल भएपछि आफूहरूले उनीहरूलाई रोक्ने प्रयास मात्र गरेको दाबी गरे । सांसद तिवारीले पनि स्थानीयले आपूलाई लखेटैको नभइ बाटो निर्माणको क्रममा वर्षातको पानीले हिलो भएपछि विपक्षी समूहका व्यक्तिहरूले विवाद मात्रै गरेको बताइन् ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया