प्रदेश नीति आयोगको उपाध्यक्षमा डा राना नियुक्त

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा जीवन रानालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आयोगको सदस्यमा डा हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन् ।
धनगढी उपमहानगरपालिका–८ निवासी नवनियुक्त उपाध्यक्ष रानाले राना थारु समुदायको सांस्कृतिक जीवन विषयमा विद्यावारिधि गरेकी थिइन् । प्रदेश सरकारले आयोगको उपाध्यक्षमा पहिलो पटक महिला नियुक्त गरेको हो ।
उपाध्यक्षमा नियुक्त राना नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । आयोगको सदस्यमा नियुक्त डा हिरा चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका–१० र शेरबहादुर भण्डारी डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका निवासी हुन् ।
नवनियुक्त उपाध्यक्षलाई आज साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ गराए ।
मुख्यमन्त्री शाहले आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यबाट विकास र समृद्धिको मार्गमा प्रदेशलाई डोर्याउन आवश्यक नीति निर्माण र तिनको कार्यान्वयनमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया